राष्ट्रिय ट्रमा सेन्टरमा इमर्जेन्सीबाहेकका सेवा बन्द
काठमाडौं, २ माघ । महांकाल काठमाडाैंमा रहेकाे राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।
अर्थोपेडिक सर्जन डा. शुसिल श्रेष्ठ, उनका श्रीमती डा. सोना दिवाकर र छोराको निधनको शोकमा राष्ट्रिय ट्रमा सेन्टरले आज इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको हाे ।
ट्रमामा कार्यरत डा.श्रेष्ठ दम्पती र उनका १० महिने छोराको आइतबार पोखरामा भएको यति एयरलाइन्समा दूर्घटनामा परी निधन भएको थियो ।
राष्ट्रिय ट्रमा सेन्टरले सूचना जारी गर्दै निधन भएकाहरुको शोकमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ।