एमालेले टुंग्यायो मन्त्री बन्नेहरुको नामावली

काठमाडौं, ३ माघ । नेकपा एमालेबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ ।

अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् भने भगवती चौधरी र हरि उप्रेतीको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् ।

यसअघि उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । बाँकी तीन मन्त्री राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारीले पनि मन्त्रालय पाउन सकेका छैनन् ।