अवैध लागूऔषधसहित सर्लाहीबाट एकजना भारतीय पक्राउ
सर्लाही, ४ माघ । सर्लाहीकाे लालबन्दी नगरपालिका-७ बाट अवैध लागूऔषधसहित एकजना भारतीय पक्राउ परेका छन् ।
लालबन्दी ७ डुमडुमे मन्दिर नजिकबाट लागूऔषध एकसय एमएलको कोडिव्येल ७१ बोतल र नाइट्राभेट ६ सय ट्याब्लेट सहित भारत घर भएका ३७ वर्षीय सन्तोष साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
लागूऔषध नियन्त्रण व्यूरो ब्यूरो शाखा कार्यालय वीरगंज तथा शाखा कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले बीआर ३० टि ७०९३ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साहलाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषधसहित साहलाई अनुसन्धान गरिरहेको जनाएकाे छ ।