प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड भेट्न नेता पौडेल बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच आधा घन्टा संवाद भएको पौडेलका स्वकीय सचिवले जानकारी दिए ।
आज प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ।