चार किलाे गाँजासहित धादिङ रोराङबाट एकजना पक्राउ

धादिङ, ९ माघ । धादिङबाट चार किलाे गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

धादिङकाे बेनिघाट रोराङ गाउँपालिका-९ माझिमटारबाट चार किलाे अवैध लागूऔषध गाँजासहित धुनिबेसी नगरपालिका-३ बस्ने २३ वर्षीय निश्चल पुरीलाई प्रहरीले पक्राउ गरेको हाे।

प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माईक्रो जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले पुरीलाई अनुसन्धान गरिरहेको जनाएकाे छ ।