स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

काठमाडाैं, ९ माघ । नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हाे ।

नेपाल टी-२० लिगमा फिक्सिङ भएको आशंका पछि सीआईबीले अनुसन्धान गरेको थियो ।

उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालिसकेको छ ।