राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी निर्णय
काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमित खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिनुभएको छ ।
राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ भन्ने मत धेरैको रहेको उहाँको भनाई छ । गठबन्धनको सहमति अनुसार एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको थियो ।