पोखरामा आत्मदाहको प्रयास, घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदै
कास्की, १५ माघ । पोखरामा आत्मदाहको प्रयास भएकाे छ । पोखरा महानगर १३ काहुँखोलामा आत्मदाह गर्ने क्रममा जलेर २ जना घाइते भएका हुन् ।
घाइते हुनेमा एक पुरुष र एक महिला रहेका छन् ।
प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पोखराको काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेर अस्ताल पुर्याएका हुन् ।