धनुषामा हिरासतकक्ष फाेडेर ६ जना थुनुवा फरार

धनुषा, १६ माघ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतक्ष फाेडेर ६ जना थुनुवा फरार भएका छन् ।

आइतबार राति उनीहरु दुई बजेदेखि चार बजेको बीचमा हिरासतक्ष फाेडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

दुई जना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् ।

फरार थुनुवाहरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।