फेसबुकबाट सम्बन्ध बढाएर अश्लील भिडियो बनाउने एक पक्राउ
काठमाडौं,१६ माघ । सामाजिक सञ्जाल फेसबुक मार्फत सम्बन्ध बढाएर अश्लील भिडियो बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
फेसबुक दुरुपयोग गरी पीडित महिलासँग चिनजान गरेर प्रेमसम्बन्धपछि शारीरिक सम्पर्क गरेर भिडियो बनाइ त्यसलाई दुरुपयोग गर्ने दोलखाको मेलुङ गाउँपालिका वडा नं ७ खड्काथोकका २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले अश्लील फोटो तथा भिडियो पीडितको साथीको फेसवुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक दुःख, हैरानी दिने गरेको उजुरी प्रहरीमा परेपछि साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो ।
ब्युरोले उनीविरुद्ध आज ७ दिन म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेकाे जनाएको छ ।