मनकामना स्मार्ट लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडाैं, १७ माघ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *