अध्यक्षको राजीनामा माग्दै ७ केन्द्रीय सदस्यले गरे क्यानकाे बैठक बहिष्कार
कास्की, १७ माघ । कास्कीकाे पोखरामा जारी नेपाल क्रिकेट संघको बोर्ड बैठक केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द्रको लिखितरूपमा राजिनामा माग गर्दै ७ जना केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् ।
उनीहरूले मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै अध्यक्ष चतुरबहादुर चन्द र कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् ।
असन्तुष्ट समूहमा ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् ।
राजीनामा दिएर नेपाली क्रिकेटलाई माग प्रशस्त गर्न भन्दै गलत निर्णयको साक्षी नबस्ने उद्घोषसहित आफूहरूले बैठक बहिष्कार गरेको एक केन्द्रीय सदस्यले बताए ।
राजीनामा मागसहितको पत्र बुझाएर बैठकको औचित्य नभएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका छन् ।