महेन्द्रनगर इप्रकाकाे हिरासतबाट भागेका दुई थुनुवा पक्राउ

काठमाडौं, १८ माघ । धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका ६ जना थुनुवामध्ये २ जना प्रक्राउ परेका छन्।

धनुषा प्रहरीले हिजो एक थुनुवा अमित मण्डललाई पक्राउ गरिसकेकाे छ भने आज विहान थप एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार थुनुवा हरदिप सिंह रहेकाे धनुषा प्रहरीले जनाएको छ।

गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा सुरुङ खनेर भागेका थिए।