इतुंबहामा ८७ जना बालिकाहरुको सामुहिक बेल विवाह

काठमाडाैं, १८ माघ । काठमाडाैंकाे इतुंबहा: प्राङ्गणमा बालिकाहरुको सामुहिक इही (बेल विवाह) सम्पन्न भएको छ।

हिजोदेखि सुरु भएको इही (बेल विवाह) आज सम्पन्न भएको हो । दुइदिन हुने इही (बेल विवाह)मा पहिलाे दिन व्रत बसी अन्य पूजा विधि गरिन्छ भने अन्तिम दिन विधिवतरूपमा पुजा गरि बुबाबाट कन्या दान गरि बेल विवाह सम्पन्न गरिन्छ ।

इहि संस्कार विजोर वर्षमा गराइन्छ । इहि विशेष गरि पाँच, सात र नाैं वर्षकाे समयमा गर्न उत्तम मानिन्छ ।  । इतुंबहा मिसा पुचकाे आयाेजनामा गरिएकाे सामुहिक बेल विवाहमा ८७ जना बालिकाहरुको सहभागिता रहेकाे थियाे ।

नेवार समुदायमा साना बालिकाहरूको इही (बेलविवाह) गर्ने प्रचलन रहेको छ।