३२ वर्षीय छाेराले चिर्पट प्रहार गरि बुबाको हत्या

रौतहट, २० माघ । चन्द्रपुर नगरपालिका वडा नं.६ हातेमालो सामुदायिक वन नजिकै छाेराले बुबाको हत्या गरेकाे छ ।

३२ वर्षीय प्रकाश राईले बिहीबार राति चिर्पट प्रहार गरी ५५ वर्षीय बुबा निरकुमार राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

घरमा सामान्य विवाद हुँदा प्रकाशले बुबालाई चिर्पटले हानेका थिए। टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भएका निरबहादुरलाई तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिएको छ। उनले मादक पदार्थ सेवन गरेको पाएको डीएसपी सन्तुप्रसाद जैसवारले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *