नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडाैं, २२ माघ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५वर्षकाे उमेरमा निधन भएको छ ।

जबराको उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे नर्भिक अस्पतालमा निधन भएको हाे।

विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनी केही साताअघिदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए।

जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए। आज स्वस्थानी पूर्णिमाकै दिन जबराको निधन भएको छ ।

१४ वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *