नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
काठमाडाैं, २२ माघ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५वर्षकाे उमेरमा निधन भएको छ ।
जबराको उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे नर्भिक अस्पतालमा निधन भएको हाे।
विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनी केही साताअघिदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए। आज स्वस्थानी पूर्णिमाकै दिन जबराको निधन भएको छ ।
१४ वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।