उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौं, २३ माघ । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन् ।
सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
राष्ट्रियसभाको उपाध्यक्ष पदमा अर्याल को मात्रै उम्मेदवारी परेको थियाे ।