एसका अध्यक्ष नेपालको प्रतिवेदनलाई ‘नो’ भन्दै वरिष्ठ नेता न्यौपानेको ३३ बुँदामा फरक मत
मधव नेपालठमाडौं, २४ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबारबाट सुरु केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेलाई दक्षिणपन्थी र संविधानविरोधी पार्टीका रुपमा व्याख्या गरिएको थिया । त्यसैगरी नेपाली कांग्रेसलाई पुँजीपति वर्ग चरित्रको पार्टी भन्दै नव उदारवादको पक्षपोषण गर्ने कांग्रेसले दलाल पुँजीपति वर्गकोसमेत हित प्रतिनिधित्व गर्ने उल्लेख गरिएको थियो ।
राप्रपालाई लम्पटहरुको दल र माओवादीलाई सत्ताका लागि ढुुलमुले चरित्र भनि व्याख्या गरिएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिक्रियावादीको सेवक र दल भनी टिप्पणी गरिएको थियो ।
कांग्रेसको भ्रातृ संगठन जस्तो बनिरहेको नेकपा एसले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई केही गाली गरे पनि उसको तनमन भने कांग्रेसप्रति नैै बढी देखिन्छ । प्रतिवेदन पनि त्यसबाट विमुख हुन सकेको देखिदैँन । अध्यक्ष नेपालको प्रतिवेदनलाई वरिष्ठ नेता मुकुन्द न्यौपानेले फरक मतसहित छुट्टै प्रतिवेदन पेश गर्नुभएको छ ।
३३ बुँदाको फरक मतमा न्यौपानेले २०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा जनताले मतदानमा नेकपा एसलाई स्वीकार गर्न नसकेको उल्लेख गर्नुभएको छ । जसका कारण संविधानको प्रावधान अनुसार थ्रेसहोल्डसम्म जोगाउन नसकेको उहाँको भनाई ‘जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिष्ट पार्टीले आफुलाई जनताको इच्छा र आकांक्षा अनुसार चलाउनु पर्छ,’ उहाँको फरक मत उल्लेख छ, ‘यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकोनौं भने हामी असफल हुने छौं । आफ्नो कमी कमजोरीहरुलाई आत्मसात गरी सच्याउँदै अघि बढ्ने, असफलतावाट शिक्षा लिई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जरुरी छ ।’
उहाँले नेकपा (एमाले) सहितको वृहत्कम्युनिष्ट एकतामा जोड दिनुभएको छ ।
‘यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको वैठकवाट पारित गरि अघि बढ्नु पर्दछ,’ उहाँले भन्नुभएको छ, ‘मुलुकमा परिर्वतन र समाज रुपान्तरणको कामलाई अगाडी बढाउने हो भने पार्टीेले स्पष्ट दिशाबोध भएको चुस्त, फुर्तिलो र ज्ञानयुक्त विवेक बोकेको युवापंक्ति पार्टीका हरेक कमिटीमा कम्तिमा ५० प्रतिनिधित्व गर्नुपर्छ ।’
उहाँले परिर्वतनको आन्दोलनलाई जनताको जिवनमा समृद्धिको उचाइमा पु¥याउने हो भने पार्टीले जनताको इच्छा, आवश्यकता र भावनालाई आत्मसातगर्न सक्नुपर्छ र त्यसै अनुरुप आफ्नो संगठनलाई परिचालन गर्न सक्नुपर्छ भन्नुभएको छ । शुुद्धीकरण भनेको विचार, व्यवहार, संगठन र आचरणको शुद्धीकरण हो भन्दै उहाँले प्राप्ति कि परिर्वतन ? ने.क.पा (एकिकृत समाजवादी) भित्र आजको झगडाको मूल जरो भनेको यही हो भन्दै सुधारको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।
‘मस्तिष्कको चिन्तनको केन्द्र भागमा प्राप्तिको एजेन्डा प्रधान बन्दै गएका कारण हामी आफ्नो गल्ती – कमजोरी पटक्कै नदेख्ने, अर्काको कमजोरीमात्र खोजी हिड्ने, आफ्नो कमजोरी, गल्ती ढाकछोप गर्न अनेक तानावाना बुन्ने शैलीतर्फ उन्मुख छौँ,’ उहाँले भन्नुभएको छ, ‘एउटा भनाई छ । आफ्नो दलानमा थुप्रिएको फोहोर सफा गर्न नसक्नेले अर्काको आँगनमा रहेको कसिंगरतर्फ औँलो उठाउनुको कुनै औचित्य रहँदैन ।