रूपन्देहीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

रूपन्देही, २५ माघ । रूपन्देहीकाे देवदहमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङ रहेकाे प्रहरीले जनाएकाे छ ।

गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका-७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले जबरजस्ती करणी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।