बागमती प्रदेशले दियाे कर छुट, २०७० देखिकाे मोटरसाइकलको कर नबुझाएकाले जरिवाना छुट पाइने
काठमाडाैं, २६ माघ । बागमती प्रदेश अन्तरगत् यातायात व्यवस्था कार्यालय काठमाडौंले मोटरसाइकलको करमा छुट दिइने भएकाे छ ।
मोटरसाइकलका धनीहरूले आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्म बुझाउन बाँकी रहेकाे कर यही फागुन मसान्तसम्म बुझाएमा छुट दिइने भएकाे हाे ।
बागमती प्रदेश आर्थिक ऐन २०७९ को दफा १८ ले आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म तोकिएबमोजिम कर तथा नवीकरणसमेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ अनुसार लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेको सूचनामा उल्लेख छ।
प्रयोगमा नभएका सवारी साधनहरू चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत लगतकट्टा गर्नसमेत कार्यालयले सवारी धनीहरूलाई आग्रह गरेको छ।
सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि स्थानीय तहहरूसँग समन्वयसमेत गरिएको कार्यालयले बताएको छ।