सशस्त्र प्रहरी पहिलो ब्याचका ४ अधिकृत डीआईजीमा बढुवा सिफारिस

काठमाडौं, २६ माघ । सशस्त्र प्रहरी बलका ४ अधिकृत प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिसमा परेका छन् ।

सशस्त्र प्रहरी बलमा २०५९ सालमा भर्ना भएको पहिलो ब्याचको टोलीका चार जना अधिकृतलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो ।

बुधबार प्रकाशित बढुवा सूची अनुसार एसएसपी सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर ०५७ सालमा सशस्त्र प्रहरी बलको गठन भएको थियो । त्यसबेला बलको उद्देश्य माओवादी द्वन्द्वलाई निस्तेज पार्नु थियो ।

हालसम्म सेना र नेपाल प्रहरीबाट आएका जनशक्तिहरु नै सशस्त्र प्रहरी बलका उच्च पदहरुमा थिए ।

गृहमन्त्रालयको सिफारिस :