गाईगोरुसहित महोत्तरीकाे भारतीय सीमानाकाबाट किशोर पक्राउ

महोत्तरी, १ फागुन । महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित एक किशोरलाई पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार बिहानै नेपालदेखि भारत तस्करी गर्न लागिएको ४७ गाई र एक गोरुसहित किशोरलाई सीमा गस्तीमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे ।
नियन्त्रणमा लिएका किशोरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।