आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

दैलेख, २ फागुन । दैलेखमा श्रीमान्ले आफ्नै २७ वर्षीया श्रीमतीकाे हत्या गरेकाे छ ।
गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्काले आफ्नै २७ वर्षीया श्रीमती पार्बती बिसीको हत्या गरेको अभियोगमा प्रहरीले सोमबार पक्राउ गरेको हाे ।
घरायसी सामान्य वादविवादमा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको खबरपछि जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।