वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

पर्सा, ३ फागुन । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ ।

महानगरपालिकाले अतिक्रमित संरचना सम्बन्धित धनीले हटाउन सातदिने सूचना जारी गरेको छ ।

तोकिएको अवधिभित्र सम्बन्धित धनीले संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ ।

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताउनुभयो ।