मुस्ताङबाट पोखराका लागि छुटेकाे बस कालीगण्डकीमा दुर्घटना

कास्की, ३ फागुन । मुस्ताङबाट पोखराका लागि छुटेकाे ना. ७ ख ७४४० नम्बरको बस कालीगण्डकीमा दुर्घटना भएकाे छ ।
बस मुस्ताङको लेतेनजिकै कालीगण्डकीमा खसेर दुर्घटना भएकाे हाे । जोमसोमबाट पोखराका लागि छुटेकाे बस दुर्घटना हुँदा १७ जना घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जनाए ।
प्रहरीका अनुसार बस लेते नजिकै सडकबाट करिब ४५ मिटर तल कालीगण्डकी नदीमा खस्दा १७ यात्रु घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा २ जना विदेशी पनि रहेको बताइएकाे छ ।
दुर्घटनास्थल प्रहरी कार्यालय नजिकै रहेकाले छिटो उद्धार हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।