सुरू भयाे एमालेकाे ‘मिसन ग्रासरूट’ अभियान

काठमाडाैं, ५ फागुन । पार्टी संगठन सुदृढीकरणका लागि नेकपा एमालेले ‘मिसन ग्रासरूट’ सुरू गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा एक कार्यक्रम गरि पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान शुभारम्भ गर्नुभएकाे हाे ।
एमालेले यो अभियान अन्तरगत् पार्टीलाई जगैदेखि बलियो बनाउने र संगठन सुदृढीकरण तथा विस्तार गर्नेछ ।
यस अभियानअन्तर्गत एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गाउँ-गाउँमा खटाएको छ।
पार्टीका तल्ला तहमा गएर संगठन विस्तारका लागि काम गर्ने, सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने जस्ता काम गर्न पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई एमालेले जिम्मेवारीसमेत दिएको छ।