नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको माफी मिनाहाको लागि सरकारकाे पहल

काठमाडौं, ५ फागुन । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गरेकाे छ ।

गृह मन्त्रालयले सांसद चौधरीको माफी मिनाहाको फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदले कैद मिनाहाका लागि फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो ।

राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ ।

सांसद चौधरीमाथि एमालेका नेता महादेव बजगाईँको ट्याक्टर आगजनीको आरोपमा अदालतले दोषी ठहर गरी अदालतको आदेशअनुसार चौधरी केही साता अघिमात्रै पक्राउ परेका थिए ।