लामिछानेको मुद्दा खतिवडाको एकल इजलासमा

काठमाडौं, १२ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी सर्वोच्च अदालतले आज बिहीबारका लागि तोकेको छ।

उच्च अदालत पाटनको उक्त आदेशमा भएको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। लामिछानेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।

नाबालिग बलात्कारको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने गत पुस २८ गते उच्च अदालत पाटनको आदेश बमोजिम २० लाख धरौटीमा रिहा भएका थिए।

तर उक्त आदेशले लामिछानेलाई विदेश जान, पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिका–टिप्पणी गर्न भने रोक लगाएको थियाे।