एमाले सचिवालय बैठक च्यासलमा

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) नेतृत्वको गठबन्धनलाई धोका दिएर प्रधानमन्त्री प्रचण्डले कांग्रेसलगायतका दलसँगको सहकार्य बढाएपछि विकास भएको घटनाक्रमका विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

आजको बैठक मुख्यगरेर राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा केन्द्रित हुने छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठक बिहान ९ बजे ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ ।