कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाएपछि राचन्द्रले भन्नुभयो– ‘ममाथि अपार सहानुभूति र सद्भाव प्राप्त भयो’

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका लागि प्रस्तावित उम्मेदवार रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउन लागेको बताउनु भएको छ ।

कांग्रेसले आजको बैठकबाट राष्ट्रपतिमा उठाउने निर्णय गरेपछि पत्रकारलाई संक्षिप्त सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘नेपालको संविधानको भावना र मर्म अंगाल्दै लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने छु,’ उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक जगतले ममाथि अपार सहानुभूति र सद्भाव राखेको छ । सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु ।’