पल शाहको मुद्दामा उच्च अदालत पोखरामा आज सुनुवाइ

काठमाडौं, १४ फागुन । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै उच्च अदालतमा दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।
एक नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिएपनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको थियाे। सोही मुद्दाको फैसलाविरुद्ध पलले दिएको रिटको सुनुवाइ आज हुन लागेको हो।
सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका थिए। सरकारी वकिलपनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन्।
पलका अधिवक्ता कमलामोहन वाग्लेका अनुसार आज पलका ती दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्दैछ। तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ।