सन्दीप लामिछानेसम्बन्धी दुबै निवेदनको सुनुवाइ आज

काठमाडाैं, १४ फागुन । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

लामिछानेमाथि एक नाबालिकलाई बलात्कार गरेको आरोप छ । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । तर पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेशमा विदेश जान पनि सरकारको अनुमति लिनुपर्ने उल्लेख छ । लामिछानेले आफूलाई क्रिकेट खेल्न बिदेश जान दिनुपर्ने माग गर्दै निवेदन पेश गरेका थिए ।

महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दिएको छ।

मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।

सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने उनलाई साधारण तारिखमा छाड्ने आदेश गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा बहस हुनेछ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *