जनकपुरमा कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ

धनुषा, १४ फागुन । जनकपुर उपमहानगरपालिका-१७ तेतरिया बजारबाट कटुवा पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा हंसपुर नगरपालिका-४ बस्ने २२ वर्षीय भरोस पासवान रहेका छन् । उनलाई प्रहरीले कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित शुक्रबार राति पक्राउ गरेको हाे ।
प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको जनाएकाे छ भने यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।