सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज हुने

काठमाडौं, १५ फागुन । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनवाइ आज पनि हुने भएको छ ।

नाबालिग माथी बलात्कार अभियोग लागेका लामिछानेको मुद्दा आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनवाइ हुन लागेको हो ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च गएको थियो भने लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

लामिछाने उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भएका थिए । उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका विरुद्ध लामिछाने सर्वोच्च गएका हुन् । जस विरुद्ध परेकाे रिटमा सर्वोच्चमा सुनवाइ भइहेको छ ।

सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुने निर्णय हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *