धनुषामा बलात्कार मुद्दाका अभियुक्त प्रहरीको भ्यानबाटै फरार

धनुषा, १५ फागुन । धनुषामा बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।
बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरीकाे भ्यानबाट हाम फालेर फरार भएका हुन् ।
आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।
रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएकाे छ ।