एमाले मुख्यालयमा सचिवालय बैठक सुरु

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक च्यासलस्थित पार्टी मुख्यालयमा सुरू भएको छ । नयाँ समीकरण बनेसँगै फेरिएको राजनीतिका विषयमा केन्द्रित भएर छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठकले सरकारमा रहने वा बाहिरिने भन्नेबारेमा निर्णय लिने वुझिएको छ । बैठकमा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेको विषयमा छलफल हुने छ । एमाले उच्च स्रोतले आज सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिनेसम्मको निर्णय गर्न सकिने बताएको छ ।