सिरहाकाे गोलबजारबाट अवैध लागूऔषध ३ किलाे गाँजासहित २ जना पक्राउ
सिरहा, १७ फागुन । सिरहाकाे गोलबजारबाट अवैध लागूऔषध ३ किलाे गाँजासहित २ जना पक्राउ परेका छन् ।
गोलबजार नगरपालिका-१ गागन खोलाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका-३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् ।
प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।