एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत–लिम्बुवान–सगरमाथा प्रदेश नाम अस्वीकृत

काठमाडौं, १७ फागुन । प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत–लिम्बुवान–सगरमाथा प्रदेश नाम अस्वीकृत गरेको छ ।
नेकपा एमालेले दर्ता गराएको कोसी प्रदेश बैठकले पास गरेको छ । अब छलफलपछि मतदान हुनेछ । अहिले बैठकमा कोसी नामको विषयमा छलफल सुरु भएको छ । यो प्रस्तावमा कांग्रेसले समर्थन जनाएको छ । छलफलपछि आजै मतदान हुनेछ र नाम पास हुनेछ ।