राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट माग्न नेकपा एसको कार्यालय पुगे एमाले नेता

काठमाडौं, १८ फागुन । नेकपा एमालेबाट राष्ट्रपतिमा पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङ लाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।
राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ । उक्त चुनावमा आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ मैदानमा छन् ।
एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी र साढे २ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने तालिका छ ।