ओखलढुङ्गामा वृद्ध दम्पतीको शव फेला

ओखलढुङ्गा, २२ फागुन । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।
जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको हाे ।
प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासका अनुसार सो घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।
घटनाकाे सत्य तथ्य छिटैनै बाहिर आउने निरीक्षक दासको भनाइ छ ।