दाङमा जबरजस्ती करणी अभियोगमा एक पक्राउ
दाङ, २५ फागुन । दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेेमा शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।