३३ हजार ८ सय २ मतभारसहित रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्टपति

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा बन्नुभएको छ । पौडेल ३३ हजार ८ सय २ मतभार प्राप्त गर्दै विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । पौडेललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले समर्थन गरेका थिए ।