बहुमूल्य जडीबुटी एक सय ३८ किलो सुनाखरीसहित बागलुङबाट दुईजना पक्राउ

बागलुङ, २६ फागुन । बहुमूल्य जडीबुटी सुनाखरीसहित प्रहरीले बागलुङबाट दुईजनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वन लसुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो ।
उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए ।