उपराष्ट्रपतिमा उम्मेदवारीपछि अष्टलक्ष्मीले भन्नुभयो– ‘लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहने छ’

काठमाडौं, २७ फागुन । प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट रघुवीर महासेठ र समर्थकमा कृष्ण गोपाल श्रेष्ठ महेश बर्तौला तुलसा दाहाल भगवती न्यौपाने यसोदा रिजालसहित नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ । उहााले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

शाक्यले उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग आफू एक्लै छु भन्ने नलागेको बताउनुभयो । ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ ।’