सिन्धुलीको कुइभीरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं, २८ फागुन । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको कुइभीरमा ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।

सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएकाे र दुर्घटनामा १९ जना घाइते भएकाे बताइएकाे छ । उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

घटनाकाे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।