धादिङमा २१ किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

धादिङ, ३० फागुन । धादिङकाे गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट २१ किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ गरेकाे छ ।
प्रहरीले २ जनालाई सोमबार राति पक्राउ गरि २१ किलो अवैध लागूऔषध गाँजा बरामद गरिएकाे हाे ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख.२११९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।