हेटौंडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर, १ चैत्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

नवलपुरतर्फबाट हेटौंडा आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको गाडीले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।