जबरजस्ती करणी गरेको अभियोगमा बाँकेकाे डुडुवाबाट एक पक्राउ

बाँके, १ चैत्र । बाँकेकाे डुडुवाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

लोहारले ती १२ वर्षीया नाबालिकालाई सोही ठाउँकाे आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।

प्रहरीका अनुसार लोहारलाई थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।