१० दलले उपराष्ट्रपतिमा पुरूष उठाएर संविधानको गलत ट्रेन बसाले : अष्टलक्ष्मी शाक्य

काठमाडाैं, ३ चैत्र । उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा पनि पुरूषनै उठाएर संविधानको गलत ट्रेन बसालेको बताएकी छन् ।
शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थल संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै शाक्यले भनिन् १० दलले संविधानको मर्ममाथि प्रहार गरे त्यसैले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको हुँ । ‘यो मेरो चाहनाको विषय भन्दा पनि आवश्यक्ताको विषय हो ।
उनले भनिन् १० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो । उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गरिन् ।