प्रचण्डलाई राजेन्द्र लिङ्देनको झटारो– ‘मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन’

काठमाडौं, ८ चैत । मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा ‘बैंकको मिटर ब्याज मुर्दावाद, बैंकको ब्याज मिनाह गर्’ भन्ने जस्ता नारा लगाउँदै प्रचण्ड सहभागी कार्यक्रमा विरोध गर्ने युवालाई प्रहरीले सासै फेर्न मुस्किल हुने गरी नाक–मुख थुनिदिएको घटनाको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विरोध गर्नुभएको छ ।

नागरिकको आवाज दबाउन मुख थुन्ने प्रचण्ड सरकारको विरोध गर्दै प्रचण्डलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लिङ्देलले लेख्नुभएको छ ।

‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने क प्रचण्ड हेर्नुहोस त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो,’ लिङ्देलले थप लेख्नुभएको छ, ‘प्रधानमन्त्री ज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको बातावरण बनाउनुहोस, जो सम्भव छ। अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन । जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *